झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले झापाका पाँच वटै क्षेत्रमा प्रतिद्वन्दी उम्मेद्वारमध्ये रास्वपाका उम्मेद्वारले अग्रता लिएको पाइएको छ। मतगणनामा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता लिएका हुन् । पछिल्लो मतपरिणाम अनुसार झापा-१ मा निशा डाँगी, झापा-२ मा इन्दिरा राना मगर, झापा-३ मा प्रकाश पाठक, झापा-४ मा शम्भूप्रसाद ढकाल र झापा-५ मा बालेन्द्र शाहको चुनावी चिन्हमा जनमत बढेको हो । झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले सुरुदेखिको अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् । अन्य दलका उम्मेदवार भने निकै पछाडि छन् । यसैबीच अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्। मत परिणाम सोही गतिमा आउने होभने झापाका सबै क्षेत्रबाट जीत सुनिश्चित हुने अपेक्षा लिइएको छ ।



















































