मेचीनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट आफ्नो जीत पक्का भएको नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेतीको दाबी छ । झापा १ का  उम्मेद्वार उप्रेतीले सोमबार पत्रकारहरूसँग कुरा गर्दै चुनाव जित्ने आधार पक्का भएको दाबी गरेका हुन् । एउटा आधार एमाले संगठन पार्टी नै हो पत्रकार सम्मेलनमा उप्रेतीले भने,` सहकारी अभियानता हुँ, जसमा कृषि, उद्योग, व्यापार र अर्थतन्त्रसहित रोजगारीका लागि धेरै लामो समय खर्चिएको छु, त्यो अर्को जित्ने आधार हो।´ आफ्नो नेतृत्वमा गरिएका उपलब्धिकै कारण आफ्नो क्षेत्रका मतदाताले मतदान गर्ने विश्वास छ । त्यसैले जीत  निश्चित छ । यहीँ समाजमा रहेर काम गरेकाले  सबैको सकारात्मक सहयोग नै आफ्नो जित्ने आधार बनेको पत्रकारलाई  स्पष्ट बताए । आफुहरू जित्ने हो दोस्रो को हुन्छ  थाहा नभएको बताए ।

युवराज आचार्यको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा एमाले चुनाव प्रचार समितिका संयोजक रविन कोईराला, समानुपातिक उम्मेद्वार लता प्रसाईले आफ्नो जीत हुने आधारसहित तर्क राखेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मी उप्रेतीले  गरेका थिए ।