धुलाबारी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन फागुन २१ गतेको निर्वाचन विचार र व्यक्तित्वबीच प्रतिष्पर्धाको महायज्ञ भएको बताएका छन् ।
प्रेस युनियन नेपाल झापाले धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्माले उक्त कुरा बताएका हुन् । हरेक नेपाली बिचार राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता भएकाले निर्वाचनले पुरानो अभिभावक पार्टी नेपाली कांग्रेसलाई न्याय गर्ने बिश्वास व्यक्त गरेका थिए । चुनावमा कुन दलले जित्ने भन्दा पनि जेनजी पुस्ताको विद्रोहपछिको उत्पन्न देशको विषम परिस्थितिलाई कुन पार्टीले सम्हाल्ने र नेतृत्व गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण भएको उनको तर्क थियो ।
उनले नेपाली कांग्रेस पार्टी पहिला आफू बदलिएर देशलाई बदल्ने अभियानमा लागेको बताउँदै यो पटकको चुनावमा पहिलो दल बन्ने दाबी गरेका थिए । उनले देशको नेतृत्व प्रधानमन्त्री बन्ने होडबाजीमा एमाले अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री केपीशर्मा ओली र रास्वपाका बरिस्ठ नेता बालेन शाह रहेकाले त्यहाँँकाे परिस्थितिले भिन्न रुप लिएको भन्दै आफुले त्यसको समन्वय गर्न तयार रहेको बताए ।
उनले झापा-५ मा राजनीति प्रतिस्पर्धा हुनुपर्नेमा दुश्मनीको रुपामा परिणत भएकोले निर्वाचन सफल बनाउन सबै क्षेत्रकाे सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिएका थिए । `झापामा राजनीति समन्वय गर्न म मेरो सभापति गगन थापालाई बोलाउन तयार छु, दमकमा गरे पनि हुन्छ, काँँकरभिटामा बस्ने भए म आफैं ब्यवस्थापन गर्न तयार छु ।´
निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका हुनुपर्छ, उनले भने,`फागुन २१ गते नै निर्वाचन हुन्छ ।´ उनले निर्वाचनको वातावरणमा असर पुर्याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । प्रेस युनियन नेपाल झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्ष तथा अर्जुन राजबंंशीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































