बाहुन्डाँगी । झापाको मेचीनगर-२ भृकुटी चोकमा वेवारिसे  अवस्थामा नवजात शिशु मृत फेला परेको छ । स्थानीय दिपक बरालको खाली साल नालसहितको लिङ्ग नछुटिएको नवजात शिशु फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछी इप्रका काँकरभिट्टाबाट पुगेको प्रहरीको टोलीले कानुनी प्रक्रिया पुर्याएर शव  पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।