झापा । आज सहिद दिवस । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको सम्झनामा आज सार्वजनिक बिदा दिइएको छ । प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । विसं २०१२ देखि सहिद दिवस मनाउन थालिएको छ।
सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको छ। प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा निकायको सहभागितामा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।



















































