झापा । आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन पुर्वको पशुपति नाथले परिचीत अर्जुनधारा जलेश्वरधाम, कन्काई धाम, पाउपाथीभरा धामलगायतका धार्मिक स्थलमा पुजा आरधना गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ । उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ ।

त्यस्तै काठमाण्डौको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।