बिर्तामोड । सामान्य विवादपछि हत्या गरिएको आशंकामा प्रहरीले झापाको बिर्तामोड-५ का २६ वर्षीय हेमकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।विवाद हुँदा बिर्तामोड-५ का ३० वर्षीय जगन राजवंशीलाई चौधरीले बासले प्रहार गरेका थिए । घटनास्थलमै ढलेका राजवंशीको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

आज बिहानको राति २.१५ बजे शिवसताक्षी–७ व्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।