झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा  ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । 
अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा ८७  करोड १० लाख २८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजश्व सङ्कलन भयो ।”  आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिबृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजश्व सङ्कलन गरेको छ । गत आव २०८१र०८२ को पहिलो त्रैमासिकमा ६९  करोड २८ लाख ५७ हजार रुपयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।
कार्यालयले राजश्व सङकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्याधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्रही केन्द्रीत व्यावाहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए ।