चारआली । एक वर्षमा २८ लाखबढी दायित्व तिर्ने बाचा गर्दै झापाको मेचीनगर ११, १२ को कालिका सामुदायिक वन उपभोक्ता समुहको ३० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१ र २०८२ सालमा गरेको कार्यप्रगति र आगामी वर्षको अनुमानित योजना प्रस्तुत गर्दै साधारणसभा सम्पन्न गरेको हो । IMG_20251018_140536
कार्यक्रममा अध्यक्ष वीरबहादुर तामाङ (ज्ञानु) ले विगतको समितिको नाममा देखिएको तिर्न बाँकी दायित्व रु ५७ लाखबढी रुपैयाँमध्ये चालु आर्थिक वर्षमा आधा रकम रु. २८ लाख ६२ हजार ८ सय पाँच घटाउने अनुमानित बजेट पेश गरेका थिए ।IMG_20251018_134819
अघिल्लो समितिले नगद भूक्तानी दिनुपर्ने २४ लाख ५० हजार ७ सय ३४, कर्मचारी तथा पदाधिकारीको तिर्न दायित्व १४ लाख २८ हजार ३०५ रुपैयाँ, अग्रिम उपभोक्ता दाखिला दायित्व १० लाख ३९ हजार ३१९ रुपैयाँ र आन्तरिक राजश्व कार्यालयलाई आम्दानी कर स्वारुप तिर्नुपर्ने ६ लाख ५० हजार रुपैयाँ, उपदानका वनपाले हेरालुको १ लाख गरी जम्मा ५७ लाख रुपैयाँ तिर्न देखिएको लेखा प्रतिवेदनमा उल्लेख छ ।IMG_20251018_140405
मेचीनगर वडा नम्बर—१२ का वडाध्यक्ष मधुसुधन निरौलाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा निरौलाले विगतको कार्यसमितिमा देखिएको गम्भीर त्रुटी तथा कमीकमजोरी नयाँ कार्यसमितिले नदोहोर्याउन सुझाव दिएका थिए ।FB_IMG_1760825679469
कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष रुद्रप्रसाद डाँगी, सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली, सामुदायिक विद्यालय महासंघ मेचीनगर तथा बलभद्र जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरिया, मागुराडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर १ का अध्यक्ष अम्बर लिम्बुलगायतले नयाँ कार्यसमितिलाई कालिका सामुदायिक वन र पर्यापर्यटकीय क्षेत्रको साख जोगाउन आग्रह गरेका थिए ।IMG_20251018_135220
वीरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न ३० औं साधारण सभापछिको बन्दसत्रले आगामी २०८२्२०८३ को नीति तथा कार्यक्रम पास गरेको छ । बन्द सत्रमा आगामी आवको अनुमानित नीति तथा कार्यक्रम अध्यक्ष तामाङले र आर्थिक गतिविधिको प्रतिवेदन कोविलाल मेचेले प्रस्तुत गरेका थिए ।IMG_20251018_135234 कार्यक्रममा निवर्तमान अध्यक्ष योगेश भट्टराई, बासबारी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष अम्बिका प्रसाईं, नमूना सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष फुलमाया लिम्बु, पाथीभरा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष लालबहादुर चौहानलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।FB_IMG_1760825682546 लीला लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सहसचिव हरिकुमार पाठकले गरेका थिए ।