चारआली । झापाको चारआलीमा रहेको मनकामना अस्पताल प्रालिका सञ्चालक डाक्टर दिलिपकुमार यादवलाई जवरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमै बस्दै आएका ४७ वर्षीय दिलीपकुमार यादवलाई जबरजस्ती करणीको अभियोगमा इलाका प्रहरी कार्यालय धुलाबारीले शुक्रबार पक्राउ गरेको हो ।
पेशाले चिकित्सक यादवले केहिदिन अघि २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




















































