मेचीनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी हुँदा झापामा सबैभन्दा बढी क्षति भएको छ ।
त्यसपछि मोरङ, सुनसरी, इलाम र पाँचथरमा क्रमश क्षति भएको कोशी प्रदेशका खानेपानी तथा सिँचाइमन्त्री एकराज कार्कीले जानकारी दिए । ध्वस्त भएको मेचीनगर नगरपालिका कार्यालयको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री कार्कीले सरकारी कार्यालय सार्वजनिक संस्थाका भवन तथा जनप्रतिनिधिका निजी घरमा पुगेको आधारमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकामा क्षति भएको बताएका हुन् ।
मन्त्री कार्कीका अनुसार कोशी प्रदेशभित्र बिराटनगरस्थित कोशी प्रदेश सभा भवन नै पुर्ण रुपमा ध्वस्त हुँदा सबैभन्दा बढी नोक्सान भएको छ । तर प्रदेश बाहेकका जिल्लामा झापा त्यसमा पनि मेचीनगरमा क्षति पुगेको छ ।
मन्त्री कार्कीका अनुसार कोशी प्रदेशभित्र बिराटनगरस्थित कोशी प्रदेश सभा भवन नै पुर्ण रुपमा ध्वस्त हुँदा सबैभन्दा बढी नोक्सान भएको छ । तर प्रदेश बाहेकका जिल्लामा झापा त्यसमा पनि मेचीनगरमा क्षति पुगेको छ ।मेचीनगर पालिकाको भवनसहित ११ वटा वडा कार्यालय पुर्ण रुपमा क्षति भएको थियो ।
मेचीनगरमा चार करोडको क्षति:
झापाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको जनाएको छ । तोडफोड र आगजनीबाट मेचीनगरको कार्यालय भवन र कार्यालयका भित्रका सबै सामाग्रीसहित चार करोड बराबरको क्षति भएको जनाएको छ । मेचीनगर नगरपालिकाको चारवटा शाखा र ११ वटा वडा कार्यालयभित्रका फर्निचर, विद्युतीय लाइन, कम्प्युटर, प्रिन्टर, ल्यापटप र नेटलगायतमा आगजानी हुँदा चार करोड बढीको क्षति भएको मेचीनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।
तोडफोड र आगजानीपछि नगरपालिकाको अगुवाईमा सम्बन्धित निकायको अनुगमन तथा मूल्यांकन गर्दा चार करोड बढी मूल्य बराबरको क्षतिको तथ्यांक निकालिएको मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । उक्त क्षति झापाका पालिकामा भएको क्षतिको तुलनामा सबैभन्दा बढी हो। अन्य पालिकामा उक्त क्षतिभन्दा कम रहेको जनाइएको छ ।

क्षतिको विवरण लगत संकलन तथा अनुगमनका लागि नगरपालिकाको नेतृत्वमा 'स्टक्चरल इञ्जिनियर' को सहभागिता रहेको थियो । तोडफोड र आगजनीबाट नगरको दुईवटा शाखा कार्यालय पूर्णरूपमा क्षति छ । राजश्व शाखा, न्यायिक समितिको कार्याकक्षको कार्यसम्पादनमा समस्या आएको छ भने शिक्षा शाखा र विद्युत शाखाबाट सर्वसाधारणले आंशिक रूपमा मात्रै सेवा लिन पाएका छन् । नगरपालिकाबाट दिइने सबै सेवा दिन समस्या भइरहेको जनाएको छ ।
मेचीनगरका १५ वटा वडामध्ये ११ वटा वडा कार्यालय पूर्णरूपमा क्षति हुँदा जनमुखी सेवा प्रदान गर्न समस्या भएको हो । ती सबै छ । लेखा शाखा र उपमेयरको क्षति भएका शाखा कार्यालयबाट प्रदान गरिने सेवा तत्कालका लागि अस्थायी रूपमा सुचारू गरिएको नगरप्रमुख बुढाथोकीको भनाई कार्यकक्षबाहेकका कार्यालयका सबै कागजात तथा अभिलेख नष्ट भएपछि सर्वसाधारणले पाउने सेवा अवरूद्ध भएको छ भने विद्युतीय
फाइलिङको 'सफ्टवेर' सुरक्षित छ । उक्त सफ्टवेरमा समावेश भएगरेका निर्माण प्रकृयाका फाइलको अभिलेख, नागरिकको सामाजिक सेवाका कागजात सुरक्षित छ । हाललाई सुरक्षित कागजातकै आधारमा मात्र सेवा प्रदान गर्न सुरू गरिने प्रमुख बुढाथोकीको भनाई छ । उनका अनुसार सफ्टवेरमा नभएका तर नष्ट भएका कागजातको अन्य प्रमाणको आधार नभएकाले सेवा दिन समस्या भएको छ । क्षति भएका भवन तथा कार्यालयको पुनः स्थापना र मर्मत सम्भार गर्नुपर्ने भएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा समावेश गरिएका केही विकासे योजनासहित बजेट कटौती गरेर कार्यालय पुनःस्थापना र मर्मत सम्भार गर्ने सोच बनाएको प्रमुख बुढाथोकीको भनाई छ । 'अभिलेखको आधारमा मात्रै राजश्व लिइने गरिएकोमा अभिलेख नै गुमनाम हुँदा राजश्व संकलन समेत गुमेको छ, प्रमुख बुढाथोकीले भने, 'त्यसलाई कसरी सुचारू गर्ने भन्ने विषयमा बढी केन्द्रित गरेका छौं। यद्यपि नगरपालिकाले प्रदान गर्दै आएको आधारभूत सेवा भने सञ्चालन भइरहेको छ ।'
मेचीनगरका ११ वटा वडा कार्यालयमा क्षति भएको छ । वडा नजिक रहेका विभिन्न संस्थाको भवनमा अस्थायी रूपमा कार्यालय सञ्चालन गर्दै आएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । तोडफोड र आगजानीबाट विद्युतीय लाइन, कम्प्युटर, प्रिन्टर, ल्यापटप र नेटको सिस्टम पूर्णरूपमा क्षति हुँदा वडाको अभिलेख पनि नष्ट भएको छ ।
वडा नम्बर-१ पूर्णरूपमा क्षति पुगेको छ । उक्त वडा कार्यालयबाट सेवा सुचारू गर्न नसक्ने अवस्था भएपछि वडा स्वास्थ्य केन्द्रको भवनबाट अत्यावश्यक सेवा दिन सुरु गरिएको छ । त्यस्तै, वडा नम्बर-२ को पुरानो वडा कार्यालयबाट सेवा दिन सुरू गरिएको छ । वडा नम्बर ३ मा स्थानीय सामुदायिक भवनबाट सेवा प्रदान गरिनेछ । त्यस्तै वडा नम्बर-४ र ५ मा वडा स्वास्थ्य केन्द्रबाट र वडा नम्बर-६ मा सरसफाइपछि स्वास्थ्य चौकीबाट सेवा प्रदान गर्न सुरू गरिएको छ ।
त्यसैगरी मेचीनगरको वडा नम्बर-७ को कार्यालयको भवनको पछाडिको २ कोठे भवनबाट सेवा सुचारू गरिएको छ भने वडा नम्बर-८ को सेवा सीप विकास तालिम केन्द्रबाट सेवा प्रदान गरिने, वडा नम्बर-९ लाई स्वबोध साधना केन्द्रबाट सेवा दिने, मेचीनगर १० को सेवा साझा सहकारी संस्थाबाट प्रदान गरिएको र वडा नम्बर १५ को सेवा वडा स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गर्न सुरू गरिएको छ ।
मेचीनगर वडा नम्बर १२ र १३ भाडामा सञ्चालित वडा हुन् । ती वडाभित्रका फर्निचर संरचनासमेत बाहिर निकालेर जेनजीले आगजनी गरेका थिए । मेचीनगर वडा नम्बर ११ को कार्यालयमा कुनै पनि क्षति भएको छैन भने वडा नम्बर १४ मा एउटा कुर्सीमात्रै आगजनी भएकाले क्षति हुन नपाएको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
तीन पटक तोडफोड र आगजनीमा परेकै कारण मेचीनगरको भवनको माथिल्लो तल्लाबाट पानी रसाउन थालेको छ । तोडफोड र माओवादी द्वन्द्वकालमा जीर्ण बनेको नगरको भवनमा जेनजीले तोडफोड र आगजानी गर्दा थप कमजोर भएकाले पानी रसाउन थालेको मेचीनगगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । हाल पशु स्वास्थ्य, जनस्वास्थ्य, जग्गा जमिनको सिफारिस र सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षकको तलव भत्ताको निकासा गरेको छ । चालु आर्थिक वर्षको असोज कात्तिकमा सम्पन्न गरिने विकास पूर्वाधार निर्माणका कामको निरन्तरतामा समस्या आएको छ ।
एउटा मोटरसाइकल, उपमेयर सवार सवारी साधन जलेर नष्ट भएको छ । अस्थायी रूपमा सुचारू भएका वडा कार्यालयबाट सेवा दिन समस्या आएको छ । ३२ वटा सेवालाई अनलाइन सेवा 'डिजिटल गभर्मेन्स' प्रवाह गर्ने योजना पूर्ण रूपमा क्षति पुगेको छ । केही ठूला र अधिकांश साना विकासे योजनाको कार्यसम्पादनहरू टोल विकास स्तरमा विकास निर्माण गरिएका पूर्वाधारको सम्पन्न हुन बाँकी तथा सम्पन्न भइसकेकाको भुक्तानी गर्न समस्या देखिएको र केही दिनमै सामाधान हुने आर्थिक प्रशासन प्रमुख अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।




















































