मेचीनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानी हुँदा मेची भन्सार कार्यालयको मुद्दा शाखामा १२ करोड क्षति पुगेको जनाएको छ । भन्सार कार्यालयबाहेक मुद्दा शाखाको क्षतिको प्रारम्भिक लगत संकलनका आधारमा १२ करोड क्षति पुगेको जनाएको छ । भन्सार कार्यालयको संरचना र त्यसभित्रको सामाग्रीमा पुगेका क्षतिको लगत संकलन भने सुरु गरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुख हरिहर पौडेलले जानकारी दिए ।

मुद्दा शाखामा रहेका मालबहाक ट्रक, चारपांग्रे, तीन पांग्रे, दुई पांग्रे सवारी साधान र त्यसभित्र रहेको माल सामानको मूल्य, प्रतिवेदन, अनुगमन मूल्याङ्कनको आधारमा १२ करोड क्षति उनको भनाईं छ । उक्त शाखाबाहेक कार्यालयको क्षतिको लगत संकलन तथा प्रतिवेदनका लागि मंगलबारबाट सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालयका प्रमुख, कोलेनिका प्रमुख, सहरी विकास मन्त्रालयका प्रमुख र मेची भन्सार कार्यालयका प्रमुखले क्षतिको लगत संकलन सुरु गरिएको भन्सार प्रमुख अधिकृत पौडेर्लँले जानकारी दिए । साथै तोडफोड र आगजनीबाट क्षति पुगेको यात्रु शाखा पनि दुई दिनदेखि सञ्चालनमा आएको छ । यात्रु शाखा सबै कोठामा क्षति पुगेपछि हाल दुईवटा कोठाबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । चाड पर्वमा मालसामान र यात्रुको चहलपहल बढ्ने हुँदा समस्या हुनेगरेको । सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।भन्सार कार्यालय पनि दुई वटा कोठाबाट सञ्चालनमा ल्याएका छौं । चाडै लगत संकलन तथा प्रतिवेदन आएपछि मात्रै पुनः निर्माणको इष्टिमेट गरिने उनको भनाई छ । भौतिक संरचनाहरु कम्प्युटर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौँ र केही दाताहरूबाट पनि सहयोग प्राप्त भएको उनको भनाई छ ।