बिर्तामोड । झापाको बिर्तामोड-७ का प्रेमकुमार राईले स्थानीय फुर्वा तामाङको हत्या गरेका छन् । खालबाडीका अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ सुतेको ठाउँमा पुगेर राईले खुकुरी प्रहार गरेर  हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हत्या गर्ने राईसँग उनका दाजु ३३ वर्षीय रामकुमार राई पनि संम्लग्न भएका थिए । राई दाजुभाइले तामाङको शरीरका विभिन्न भागमा घरेलुु धारिलो हतियार खुकरी र हाते औजार बसिला प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खेलेको छ ।
घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीद्वारा बरामद गरिएको जनाइएको छ । दाजुभाईले खुकुरी र भाईको बसिला प्रहारबाट तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

राईलाई गाउँलेले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरेर अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएको प्रहरीले जनाएको छ । तामाङको शवको कानुनी प्रकृयाका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।