धाइजन । झापा मेचीनगर ११ र १२ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित अध्यक्ष वीरबहादुर तामाङ (ज्ञानु) ले कालिका वनलाई नमुना वनको रूपमा चिनाउन आफू लागि पर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचत अध्यक्ष तामाङले सोमबार पद तथा गोपनीयताको सपथ खाएपछि बोल्दै कालिका वनमा देखिएका समस्यालाई किनारा लगाएर आफ्नो कार्यकालमा नमुना वन तथा पर्यटकीय स्थलको रूपमा चिनाउन लागि पर्ने बताएका हुन् । उनले वनको कारोबार बैंकीङ सिस्टममा लैजाने र सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने उद्देश्य लिएको बताए ।
निर्वाचन समितिका संयोजक सन्तोष मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचेले नवनिर्वाचित अध्यक्ष तामाङ, उपाध्यक्ष लीला मावो लिम्बु, सचिव बालिका लम्साल, सहसचिव, हरीकुमार पाठक, कोषाध्यक्ष सन्दिप तिम्सिनालाई सपथ खुवाइएको हो ।
खुल्ला सदस्यमा बुद्धिलाल मेचे, महिला सदस्यमा मैयाँ आचार्यलगायतले पनि सपथ खाएका थिए । त्यसैगरी इन्दिरा पौडेल र मानबहादुर बानियाँ, देबीमाया प्रसाईं र डिल्लीराम अधिकारी, रीता सिलवाल र लोकबहादुर मेचे, आशा थारू चौधरी, मिलनकुमार माबो र पदमप्रसाद लामिछाने सपथ खाएपछि निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्रसमेत बितरण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका सचिव खिम खम्बुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वनका पूर्वअध्यक्ष योगेश भट्टराई, बलभद्र जनता माविका अध्यक्ष एवम् साझा समूहका संयोजक शान्तिराम चिमरिया, विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद सुवेदी, नेपाली कांग्रेसका मेचीनगर ११ का सभापति भक्तबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सरोज लम्साल, माओवादी केन्द्र वडा नम्बर ११ का अध्यक्ष श्रवण मेचे (बादल) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निर्वाचन समितिका सदस्य प्रेम घिमिरेले गरेको २ लाख २२ हजार ६ सय ८० रूपैयाँको आन्दानी र २ लाख ५६ हजार नौ सय ८० रूपैयाँको खर्च भएको आयव्यय सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन टंककुमार रिजालले सञ्चालन गरेका थिए ।





















































