बुधबारे । सामाजिक सञ्जाल बन्दको बिरोधमा झापाका विभिन्न ठाउँमा प्रदर्शन  गरिएको छ । आइतबार साँझ बुद्धशान्ति गाउँपालिका–३ स्थित बुधवारे चोकमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बुद्धशान्ति गाउँ समितिले सार्वजनिक स्थलमा प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धशान्ति गाउँ समिति अध्यक्ष सुशान्त सुवेदीको नेतृत्वमा युवा विद्यार्थीलगायतले सरकारले गरेको सामाजिक सञ्जाल बन्दको बिरोधमा  प्लेकार्डसहित चर्को आवाजमा नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।  “सरकार बदलिँदा प्रवृत्ति किन बद्लिदैन, भ्रष्टाचार रोके भने नेपाल धनी बन्नेछ तर नेताहरुले रोक्न चाहेका छैनन्,  नाराहरु लेखिएको प्लेकार्ड बोकेर युवाहरुले विभिन्न नारा लगाउँदै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका इलाका प्रहरी कार्यालय बुधबारेले जनाकारी दिएको छ ।