चारआली । झापाको मेचीनगर–११ र १२ मा पर्ने कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट साझा समुह बिजय बनेको छ । निर्वाचनबाट कोषाध्यक्ष र २ जना वडा सदस्यबाहेक कार्यसमिति पदाधिकारी, सदस्य र लेखा समिति संयोजक सदस्यसहित प्यानल नै बिजयी भएको हो ।
अध्यक्षमा वीरबहादुर तामाङ (ज्ञानु) (बाघ चिन्ह) ले ८३८ मत ल्याएर बिजय भएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टीको साझा समूहबाट अध्यक्ष पदको नेतृत्व गरेर चुनावी मैदानमा उत्रेका थिए । उनले एमाले र प्रतिद्वन्द्वी मान खेमराज राई (हात्ती चिन्ह) लाई २०३ मतान्तरले पाखा लागाउँदै ३ वर्षे कार्यकालको नेतृत्वको अधिकारी हात पारेका हुन् ।
समिति उपाध्यक्षमा श्रृष्टी मेचेलाई पाखा लाउँदै लीला मावो लिम्बुले ७६९ मत ल्याएर बिजय भएकी छन् । सचिवमा खगमाया शिवाकोटीलाई १११ मतले उछिन्दै बालिका न्यौपाने (लम्साल) ले  कार्याभार हात पारेकी छन् । त्यसैगरी  सहसचिवमा लालबहादुर कार्कीलाई १११ मतान्तरले पराजित गर्दै हरिकुमार पाठक बिजय बनेका छन् । कोषाध्यक्षमा पदमा साझा प्यानलका साउन मेचे (बादल) लाई पछि पार्दै लोकतान्त्रिक प्रगतिशील प्यानलका सन्दिप तिम्सिना बिजयी भएका छन् । उनले मेछेलाई २ मतले पाखा लगाएका हुन् ।
त्यस्तै लेखा समितिको संयोजकमा कविलाल मेचेले १८० मतान्तरले भवानीशंकर पौडेललाई पराजित गरेका छन् भने  सदस्यहरुमा कल्पना विष्ट  र इन्द्रकमार खतिवडाको  मतान्तरले  महिला सदस्य मैया आचार्य  र खुल्ला सदस्यमा बुद्धिलाल मेचे क्रमश ६७ मतान्तरले महिला सदस्यमा मैयाँ आचार्य र खुल्ला सदस्यमा बुद्धिलाल मेचेको बिजय भएको निर्वाचन संयोजक  सन्तोष मेचेले जानकारी दिए ।
क्षेत्र नम्बर १ का लागि इन्दिरा पौडेल र मानबहादुर बानिया,क्षेत्र नम्बर २ का लागि देबिमाया प्रसाईं र डिल्लीराम अधिकारी, क्षेत्र नम्बर ३ का लागि रिता सिलबाल र लोकबहादुर मेचे, क्षेत्र नम्बर ४ का लागि आशा थारु चौधरी, क्षेत्र नम्बर ५ का लागि मिलनकुमार माबो र क्षेत्र नम्बर ६ का लागि पदमप्रसाद लामिछाने प्रतिनिधिको रुपमा बिजयी भएका छन् ।