प्रकाश उप्रेती 
मेचीनगर । बिश्व बजारमा सौन्दर्य क्षेत्रलाई मानवीय आवश्यकताको रुपमा महत्त्व दिइँदैआएको पाइन्छ । विकसित र अल्पविकसित राष्ट्रमा सौन्दर्यलाई जीवनशैलीसँग जोडेर जीविकोपार्जनको श्रोत बनाएको पाइन्छ । Screenshot_2025-09-03-15-59-12-245_com.gallery.player-editसीप, दक्षता, क्षमता र योग्यताबाटै सौन्दर्यलाई अझ निर्खातामा ढाल्न सकिने भएकाले पछिल्लो समयमा नेपालमा बिशेष गरेर युवा पुस्ताको क्रेज उत्तिकै बढेको पाइन्छ । नेपालमा युवा पुस्ताले सौन्दर्य कला सम्बन्धी सीप सिक्ने र लगानी गरेर ब्यवसाय गर्ने अनि थप अवसरका लागि बिदेश पलायन हुने क्रम पनि बढेको छ ।
त्यस्तै सौन्दर्य क्षेत्रमा ११ वर्षसम्म अनवरत लागि पर्दै जिविकोपार्जनको मुल श्रोत र ब्यवसायमा छुट्टै छबी बनाउन सफल भएकी छन् झापा मेचीनगर-१४ की कल्पना उप्रेती प्रसाईं ।Screenshot_2025-09-03-15-53-43-943_com.facebook.orca-edit केही गर्ने उत्सुकताले सुरु गरेको शौन्दर्य पेशाप्रतिको संघर्ष, याेगदान, नियमित परिश्रम र मेहनतले हाल थप योजनासमेत अघि सार्न सफल भएकी छन् ।
छालाको हेरचारका लागि स्किन टेष्टदेखि सौन्दर्यको नि:शुल्क तालिमको आयोजना गर्दै आएको मोर्डन ब्युटिपार्लरको मुहार फेर्दै मोर्ड्न युनिसेक्स सैलुनकाे रुपमा विकास गर्न सफल भएकी हुन्  ।
मोर्ड्न युनिसेक्स सैलुनले पहिलो पटक एउटै छानामुनि महिला र पुरुष सौन्दर्यका लागि ब्यवसाय सुरु गरेको छ ।Screenshot_2025-09-03-15-57-21-488_com.gallery.player-edit
पुरुषको हेयर कटिङ, फेसियल, ट्रिटमेन्ट लगायतको सेवा र सर्भिस दिइने छ भने महिलाका लागि नेल आर्ट, हेयर आर्ट, पेन्ट्स, आइब्रो, स्किन ट्रिटमेन्ट लगायतमा श्रृंगार शैद्वान्तिक र प्रयोगात्मक तरिकाबाट सौन्दर्यका सीप सिकाइने प्रोपाइटर कल्पना उप्रेती प्रसाईंको भनाई छ । आधुनिक सस्तो-सुलभ तथा गुणस्तरी भरपर्दो रुपमा दशैंअघि नै तालिम सुरु गरिने उनले जानकारी दिइन् ।
चाडपर्व विशेष छुट प्याकेज अफरमा तालिम सिकिसकेपछि  ब्युटीपार्लर सिक्न र सिकाउन सक्ने योग्यताको प्रमाणपत्र  बितरण गर्ने योजना रहेको छ । ११ वर्षको अथक प्रयासपछि आज तालिम आरम्भ गर्न सफल भएँ, यो सफलताको श्रेय मेरो श्रीमान् र बुवाआमा नै जान्छ ।´Screenshot_2025-09-03-15-56-27-058_com.facebook.katana-edit
`सानैदेखि सौन्दर्यको क्षेत्रमा झुकाव राख्दै आएकी कल्पनाले भनिन्, आफ्ना साथिभाई बिदेश जाने होडले एक पटक वैदेशिक रोजगारीकाे योजना समेत बनाएको थिएँ, तर आफुले आर्जन गरेको सीपलाई ब्यवहारमा उतार्नुपर्छ भन्ने सोचले ११ वर्ष अघि ५ लाख लगानी गरेका थिएँ ।´
`घर पायक उद्यम सुरु गरेपछी उनका श्रीमान बिपिन र कल्पना दम्पतीले नै सामान जुटाउनेदेखि आफुसँग जोडिएका ग्राहकलाई खुसी पार्न लागि पर्यौ । केही अपेक्षा लिएर कोइलाको ब्यापारमा लागेका बिपिन कोभिडले थलिएपछि ब्युटिपार्लरलाई बढाएर जुत्ता चप्पल र रेडिमेड कपडाको ब्यापार केन्द्रित गरेका थियौं।´Screenshot_2025-09-03-15-57-46-550_com.gallery.player-edit`श्रीमानले आवश्यक पर्ने सामान जुटाइदिनुहुन्थ्यो, पसलमा बसेर मैले बेच्थें । राम्रै आम्दानी हुन थालेपछि  यो योजना अघि सारिएको हो । ´
हाल ४० लाखबढी लागतमा एकेडेमिक रुपमा तालिम केन्द्र सञ्चालन गर्ने उद्देश्य लिएर धाइजनमोडमा लेडिज र जेन्स पार्लर सुरु गरिएको छ । बुधबार औपचारिक कार्यक्रमबीच वरिष्ठ ब्युटिसियन ललिता अधिकारीले बुधबार रिवन काटेर उद्घाटन गरेकी छन् ।Screenshot_2025-09-03-15-56-12-028_com.facebook.katana-editकल्पना प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, मेचीनगर लेडिज जेसीजकी अध्यक्ष सबिता उप्रेती, रोट्याक मेचीनगरका अध्यक्ष सर्मिला पाठक,  मेचीनगर लेडि जेसिजकी  सबिता पोख्रेल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष पत्रकार  खगेन्द्र घिमिरेलगायतले सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सुनिता पनेरु उप्रेतीले गरेकी थिइन् ।Screenshot_2025-09-03-15-55-57-702_com.facebook.katana-edit
करिव २५×३५ वर्गमिटरमा बनिएको घर पनि डिजाइन र जडित लाइटले आकर्षक बनाइएको छ ।

नयाँ योजना अनुसार ४ दिनसम्मको उद्घाटन समय राखिएको छ । उक्त समयअवधिभर १५ देखि २० प्रतिशत छुटको ब्यवस्था गरिएको प्रोपाइटर प्रसाईले जानकारी दिइन् । हाल जेन्स पार्लरमा २ जना पुरुष र महिला पार्लरमा ३ जना गरी ५ जनालाई रोजगारी दिएको छ । पारिश्रमिक र अन्य सुबिधा गरेर मासिक एक खर्च हुने र मासिक ३ देखि ४ लाख आम्दानी गर्ने अनुमान गरिएको उनको भनाई छ ।