बिर्तामोड । नेपाल वितरक महासंघ कोशी प्रदेशको दोस्रो अधिवेसनबाट नविनकुमार तामाङ अध्यक्षसहित १७ सदस्यीय कमिटी गठन गरेको छ । झापाको बिर्तामोडमा भएको अधिवेसनले सुनसरीका तामाङको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।
सर्वसम्मत चयन भएको कमिटीमा लालबहादुर कार्की बरिष्ठ उपाध्क्ष, उपाध्यक्षमा युवराज घिमिरे र शुभराज थापा, सन्तोषकुमार श्रेष्ठ महासचिव, निर्मल खतिवडालाई सचिव र हिमाल श्रेष्ठलाई कोषाध्यक्ष रहेका छन् ।कमिटीको सदस्यहरुमा बद्री सेढाई, बिपिन थापा, रामराज भण्डारी, शम्भु आचार्य, कुमार बस्नेत, मन्टु रौनियार, ध्रुब कनाल, एलिस खनाल र सन्तोष भट्टराई चयन भएको निर्वाचन समितिले जनाएको छ । महासंघको बिधान अनुसार नि वर्तमान अध्यक्ष कृष्णराज श्रेष्ठ वर्तमान अध्यक्षभन्दा तल्लो वरियतामा रहने प्रावधान रहेको छ । यसअघि भएको खुलासत्रमा महासचिव राजेश खनालले सभामा पेश गरेको तीनबर्षको गतिविधि समेटिएको प्रतिवेदन पारित भएको थियो । अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वितरक महासंघका केन्द्रिय अध्यक्ष दुर्गा गौतम, वितरक महासंघका केन्द्रिय सल्लाहकार तथा ईटहरी वितरक संघका संस्थापक अध्यक्ष टंकप्रसाद खनाल, वितरक महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष कमल ढुङगाना, केन्द्रिय महासचिव शिव खनाल तथा अधिवेसन आयोजक समितिका संयोजक सुरेश कुमार अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।





















































