विर्तामोड । झापाको बिर्तामोड ३ का प्रकाश प्रसाईको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । विर्तामोडमा जीवन ढुंगानाले संचालन गरेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका संचालक हुन् ।

शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड वडा न।३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड वडा न।१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । इलाका प्रहरी कार्यालयदेदि एक किलोमिटर उत्तरमा रहेको स्वीमिङ पुलमा पाँच घण्टापछि राति ८ बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

स्वीमिङ पुल संचालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।