काठमाडौं । कोरिया पठाइदिन्छु भन्दै १ करोडबढी रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितहरूबाट एक करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको पाएपछि ३८ वर्षीया साहारा सुव्वा (थेवे) लाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१ नक्सालमा बस्दै आएकी थेवेको ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ घरमा स्थायी घर रहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको हो। थेवेलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।





















































