इटाभट्टा । झापाको मेचीनगर-७ ईटाभट्टामा बुधबारदेखि `साप्ताहिक हाट-बजार´लगाइने भएको छ ।
मंगलबार ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी बुधबारदेखि साप्ताहिक रूपमा हाट बजार लाग्ने जानकारी गराएकाे हाे । समितिका अध्यक्ष खडानन्द भण्डारीले धुलाबारी र भारतकाे पानीट्याङ्की बजार बन्द हुने भएकोले साप्ताहिक रुपमा बुधबार बजार लगाइने निर्णय गरेको बताए । उनले मेचीनगरका ८, ६ र ७ का नागरिकहरूलाई सहज र स्थानीय अर्गानिक बस्तुकाे बिक्री वितरणका लागि साप्ताहिक हाट बजार सुरू गर्न लागिएको समेत जानकारी दिए ।
मेचीनगर नगरपालिकाले वडा नम्बर-७ काे कार्यालयकाे पछाडिको ५ कट्ठा जमिनमा ब्यवसायिक रुपमा हाटबजार लगाउनका लागि लाखौं खर्चेर गरेर सात वर्षअघि टहरा बनाएर राखेकाे थियाे । उक्त टहरा बनेको समयपछि प्रयोगबिहिन बनेको छ । पत्रकार सम्मेलनमा वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार स्थापना गरिएको बताए ।
उनका हाट बजारमा स्थानीय कृषकले ढाकी, नाङ्लामा बेच्न ल्याउने अर्गानिक तरकारीहरू बिक्रीका लागि राखिने छ । हाट बजारकाे टहरामा करिव एक सय जना स्थानीय व्यापारीले अर्गानिक पसल राख्न सक्ने बताएकाे छ ।
उद्घाटन मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले गर्ने तयारी गरेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनकाे सहजीकरण पत्रकार प्रकाश पाैडेलले गरेका थिए ।





















































