धुलाबारी । तुलसीको दल राख्ने दिन (निर्जला एकादसी)को अवसरमा मारवाडी युवा मञ्च धुलाबारीले एक सामुदायिक विद्यालयमा दिवा खाजाको ब्यवस्था गरेको छ । पुनित गोयलको नेतृत्वमा मेचीनगर-९स्थित भानु आधारभुत विद्यालयका १५० जना विद्यार्थीलाई समोसा र फ्रुटी बितरण गरेको अमन अग्रवालले जानकारी दिए ।
उनका अनुसार समाजमा सामाजिक गतिविधि गर्दै आएको मामारवाडी युवा मञ्चले कमजोर आर्थिक अवस्थाका विद्यार्थीका लागि एक दिनको दिवा खाजाको ब्यवस्था गरेको हो ।
साथै विद्यार्थीको सिकाईमा मद्दत पुर्याउन मञ्चले कक्षा १ र २ मा नेपाली बाणमाला र एबिसिडीको ब्यानर बितरण गरिएको थियो । कार्यक्रममा मञ्चका महासचिव राहुल बंगाली, सचिव सुणित गोयल, सदस्य देवन्त अग्रबाल, कुनाल अग्रवाल र राकेश बिन्दल लगायतको सहभागिता रहेको थियो ।





