धाइजन । सामान्य भनाभनमा सिक्कल प्रहार हुँदा झापा मेचीनगर-१४ कि पुजा खरेल गम्भीर घाइते भएकी छन् । मजदुर पेशा गर्दै आएका मेचीनगर-१५ का लालबहादुर राजवंशीले सामान्य विवादमा खरेलमाथि सिक्कल प्रहार गरेका थिए ।

सिक्कल प्रहारपछि खरेलकाे हातका औंला, कानमा चोट लागेको छ । घाइते खरेललाई चारआलीस्थित बिएण्डके पोलियोक्लिनिकमा उपचारपछि बिएण्डसी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।  

मादक पदार्थ सेवन गरेर सामान्य भनाभन हुँदा राजबंशीले एक्कासी धारीलो हतियार सिक्कल प्रहार गरी घाइते बनाएका थिए । 

सिक्कल प्रहार गर्ने राजबंशीलाई लाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई ज्यान मार्ने उधोगमा मुद्दा चलाएको जनाएको छ ।