धुलाबारी । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो ।Messenger_creation_EDEDB07F-9DB9-4E69-A51D-E4B26DD3DE1D
कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए ।IMG_20250312_184550
मेचीनगर-९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतकाे अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल, Messenger_creation_6907D277-2478-4B09-B645-364BA56F30ADमेची उध्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभुत बिद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, बिद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान लगायतले बोलेका थिए ।Messenger_creation_CC2B1720-759F-485D-9135-E0948CBD9171 २०५७ सालमा मेचीनगर-९ धुलाबारीमा स्थापना भएको होलिवेल अंग्रेजी माध्यमिक विद्यालय र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति गरेकी थिइन् ।
बिद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिबिधिका बारेमा बिधालयका प्रिन्सिपल अरिस्ता प्रधानले जानकारी गराएको कार्यक्रममा संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरिएको थिए ।
अध्यक्ष गोपाल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।