धुलाबारी । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले शैक्षिक अध्ययन गर्न बिदेशिने विद्यार्थी उतै भासिँने गरेकाले विद्यार्थीले बिदेशमा आर्जन गरेको योग्यता र सीपलाई नेपालमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उच्च शिक्षा अध्ययन गर्न काउन्सिलिङ गर्दै आएको ब्रिज इन्टरनेशनलले झापाको धुलाबारीमा शाखा बिस्तारका क्रममा बुधबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर बुढाथोकीले बिदेशिएका विद्यार्थीले आर्जन गरेको योग्यतासँगै ज्ञान-सिपलाई सदुपयोग गरे देशको विकासमा बल पुग्ने बताएका हुन् । उनले बिदेशमा अध्ययन गर्न जाने र उतैको नागरिक हुनेक्रम बढेको भन्दै नेपालले स्वरोजगारको अवसर प्रदान गर्न सरकारीस्तरबाटै पहल आवश्यक भएको धारणा राखेका थिए ।
ब्रिज इन्टरनेशनलबाट शैक्षिक अध्ययन लागि बिदेश पठाउने, बिदेशमा पुगेका विद्यार्थीको अवस्था बुझ्ने र अध्ययनपछि पुनः नेपाल फर्किएर देशमै सेवा गर्ने योजनाप्रती प्रमुख अतिथि मेयर बुढाथोकीले उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा ब्रिज इन्टरनेशनलका एजुकेटिभ चेयरमेन भुवन गिरीले बिदेशमा अध्ययन सकेका विद्यार्थीको योग्यता र सिपलाई नेपालमा सदुपयोग गर्न र बिदेशी विद्यार्थीलाई नेपाल अध्ययनका लागि अह्वान गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष नितेश खतिवडाले आफ्ना आमा-बुवाको सम्मानपछि आशिर्वाद लिएपछि औंपचारिकता प्रदान गरेको कार्यक्रममा स्वागत टीका मैनालीले गरेकी थिइन् ।
ब्रिज इन्टरनेशनलको शाखा धुलाबारीमा:
शैक्षिक अध्ययनका लागि देशभर ८ वटा शाखाबाट काउन्सिलिङ गर्दै आएको ब्रिज इन्टरनेशनलले झापाको पुर्बी भेकका विद्यार्थीलाई लक्षित गरेर धुलाबारी चोकमा शाखा बिस्तार गरेको छ ।
ब्रिज इन्टरनेशनलको शाखा धुलाबारीमा बिस्तारपछि मेचीनगरपालिका, बुद्धशान्ति गाउँपालिका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको शाखा धुलाबारीका अध्यक्ष नितेश खतिवडाले बताए ।
उच्च शिक्षा अध्ययन गर्न बिदेशीने इच्छुक विद्यार्थीलाई एकै ठाउँबाट आइल्स क्लाससहित प्राबिधिक शिक्षा प्रदान गर्न ब्रिज इन्टरनेशनलले अन्य शिक्षालयसँग ब्रिजको काम गरेको उद्घाटनको अवसरमा एजुकेटिभ चेयरमेन भुवन गिरीले जानकारी दिए । जसका लागि कम्प्युटर शिक्षामा फोटोग्राफीलगायत ड्राइभिङ्ग, ब्युटिसियन, हेयर कटिङ लगायतमा प्राबिधिक सिपमुलक बिषयमा२५ प्रतिशत छुट दिएको छ।ब्रिज इन्टरनेशनल शाखा धुलाबारीमा ५०/६० जनाले एकैसाथ शैक्षिक परामर्श अध्ययन गर्नसक्ने पठनकक्षको ब्यवस्था मिलाएको छ भने दैनिक १० वटासम्म कक्षाबाट विद्यार्थीले रोजेको कलेज र सिक्न चाहेको बिषयमा काउन्सिलिङसहितको शिक्षा प्रदान गर्ने ब्रिज इन्टरनेशनल शाखा धुलाबारीका कोअडिनेटर नवराज भट्टराईले जानकारी दिए ।
बिदेशका दुई देशमा शाखा रहेको ब्रिज इन्टरनेशनलले विद्यार्थीको मनोभावना, आर्थिक एबम् पारिवारिक अवस्था बुझेर शैक्षिक अध्ययनका लागि बिश्वबिद्यालयको बारेमा पनि जानकार सहजकर्ताबाट परामर्श दिइँदै आएको शाखा बिर्तामोडका प्रोपाइटर सुशील भण्डारीको भनाई छ ।





