मेचीनगर । मेचीनगरको नेतृत्वले  जनहितकारी माग नसुनेको भन्दै स्थानीय ६ दलले भदौ १ गतेदेखि चरणबद्द आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।IMG_20240814_141406नगर नेतृत्वले ३ वर्षको अवधीमा सबै क्षेत्रमा स्वेच्छाचारिता ढंगले संचालक गर्दा बिकृती र भ्रष्टाचार तथा चरम अनियमितताको सुधारका लागि मागको सुनुवाइ नगरेकोप्रति आक्रमक बन्दै आन्दोलनको निर्णय गरेको हो ।राजनीति महत्वका योजना फेरबदल गरेको, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा जनताले सास्ती भोग्नु परेको भन्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो  ।

सरकारमै नेपाली काङ्ग्रेससहित ६ वटा राजनीति दलका नेताद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति बुधबार पत्रकार सम्मेलन सार्वजनिक गरेका हुन् । 

साउन १८ गते नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । ज्ञापन पत्रको बिषयमा प्रतिक्रिया नदिएको भन्दै चरणबद्द आन्दोलन गर्ने निर्णय लिएको पत्रकार सम्मेलनमा पुर्वमेयर बिमल आचार्यले जानकारी दिए ।IMG_20240814_140114नगरले विकास निर्माण लगायतका, पुर्व तयारीबिना नै लगाइएको ठेक्कापट्टामा अपारदर्शी लेनदेन भएको, नगरस्वास्थ्य अस्पताल कृषि मण्डी, भ्यु-टावर, बहुजातीय सास्कृतिक संग्रहालय लथालिङ्ग र अलपत्र बनाएर राज्यको लगानीको दुरुपयोग गरेको, टोल बिकास संस्था गठनदेखि उपभोक्ता समिति गठनमा अनियमिता भएको जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

हाम्रो आन्दोलन जनताको हितका लागि हो पत्रकारसमक्ष नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने,`मेचीनगरमा एमालेको बहुमत रहेको छ । तर, यहाँ हुने गरेको बेतिथि, स्वेच्छाचारिता र भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेका हौ । एमालेलाई लक्षित आन्दोलन होइन । ´
नगरको नेतृत्वले गरेको भ्रष्टाचार नसुधारे आन्दोलनलाई निश्कर्षमा पुर्याउने माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले बताए ।
अर्यालले नगरकाे अहिलेकाे बजेट, विभिन्न याेजनाहरू, कर्मचारीबीच विवाद, पटके सवारी कर, विकास निर्माण लगायतका कामहरूमा विभेद र समयमा सम्पन्न नगरेको बताए ।IMG_20240814_141125
माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले नगरवासीप्रति नगरपालिका निरीह भएकोले अन्तिम आन्दोलन हुन सक्ने जानकारी दिए ।

मेचीनगरकाे छुट जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो-छरितो बनाउनुपर्ने,  मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन गरेकै कारण शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य बाहिर ल्याउनुपर्ने, मेचीनगर-४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथी कार्बाही गर्नुपर्ने, नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषि मण्डिको रुपमा राखिएको जग्गालाई चालू आबमा खेल मैदानको ब्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका होमबहादुर बिष्ट  एकीकृत समाजबादीका तर्फबाट बिशेश्वर भट्टराई, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले हस्ताक्षर गरेका छन्।