काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्यलाई सिबिआईको टोलिले पक्राउ गरेको हो ।
तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धान भइरहेको छ । यो प्रकरण सीआईबीले छानबिन गरिरहेको छ ।