इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका (सूर्य) चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।

इलाम बजारस्थित गौतमबुद्व सभा गृहमा जारी मतगणनाको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार एमालेका सुहाङको ३७८३   मत ल्याएर अगाडि रहेका छन् ।

नेपाली कांग्रेसका डम्बर खड्काको (रूख) को २७८२, रास्वपाका मिलन लिम्बूको घण्टीको ५६१, पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमको मुढाको ७८४ मत पहिलो चरणमा ल्याएका हुन् ।

अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना भइरहेको छ । शनिबार भएको मतदानमा ५८ प्रतिशत मत खसेको थियो। 

इलाम क्षेत्र नम्बर २ को मत गणना  जारी ,अहिले सम्म फाकफोकथुम गाउपालिका बडा नम्वर १,२ ,३,४,५ र ६ को गणाना सम्पन्न ।