बझाङ । बझाङ प्रदेशसभा १ (१) को प्रारम्भिक मतपरिणाममा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्।
छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर-२ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत पाएका छन्।
त्यहाँ नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत पाएका छन् भने माओवादी केन्द्रका जनक बुढाले २१७, एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ मत पाएका छन्।



















































