बिर्तामोड । नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेश अन्तरगत आज बिर्तामोडको अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला सचिव कृष्ण हुमागाई जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यसअघि कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा जिल्ला अधिवेशन तयारी समिति र जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नु भएका हुमागाई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको १४ महाधिवेशनभन्दा अघिका कार्यकालहरुमा जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसक्नु भएका नेता हुमागाँईले कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिससक्नु भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति, साप्ताहिक बिचार, रेडियो नेपाल, रासस, पूवाञ्र्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक, झुल्केघाम, नयाँ संदर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेशटाइम्स दैनिक, अर्जुनधारा दैनिक लगायत दर्जनौ संचार संस्थामा सम्वाददातादेखी प्रधनसम्पादकको जिम्मेवारी सम्हालिकेका छन् । हुमागाँई प्रेस तथा अभिव्यक्ति सवतन्त्रताको आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बसेका थिए भने २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको हत्या गरि सैनिक कु–गरेपछि संगठन बिभाग प्रमुख कृष्ण सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताएका थिए ।निर्वासनमा रहँदा पनि हुमागाँईजुझारु, निडर अनि संघर्षशील छवि बनाउनु भएका हुमागाई जनआन्दोलनका क्रममा निकै चर्चित हुनुहुन्थ्यो । स्पष्टवक्ता र खरो बैचारिक बहस गर्नसक्ने कुशल वक्ता हुमागाईलाई राजनीतिक मोर्चाको नेतृत्वदायी भूमिका प्राप्त गरेका छन् ।





