झापा । भारतको सिक्किम आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक सूचना प्राप्त भएको छ । मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको भन्दै एन्ड्रोइड अर्थक्वेक अलर्ट प्रणालीले मोबाइलमा सतर्कता सूचना पठाएको छ । उक्त प्रणालीका अनुसार भूकम्पको केन्द्र मोबाइल प्रयोगकर्ताको स्थानबाट करिब ७६.३ माइल (१२२.८ किलोमिटर) टाढा रहेको उल्लेख छ ।
तर भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको मंगलबार बिहानसम्मको सार्वजनिक विवरणमा उक्त समय र स्थानमा ५.२ म्याग्निच्युडको भूकम्प अभिलेख भएको देखिँदैन । त्यसैले मोबाइलमा प्राप्त सूचना प्रारम्भिक अनुमानका रूपमा लिनुपर्ने देखिन्छ।
भूकम्पको वास्तविक केन्द्रविन्दु, गहिराइ र तीव्रताबारे आधिकारिक निकायबाट थप विवरण आउन बाँकी छ।





