झापा । नेपाल पथ पार्टीका अध्यक्ष दुर्गा प्रसाईंले नेपाल पथ पार्टी सबै नेपालीको पार्टी भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी कार्यालयको उद्घाटनपछी सम्बोधन गर्दै अध्यक्ष प्रसाईंले सबै नागरिकको गाँस बास र कपासको अधिकारसहितको एजेण्डा बोकेको पार्टी भएको भन्दै उक्त कुरा बताएका हुन् ।

आफ्नो पार्टीको स्थापना र झण्डाको बारेमा जानकारी गराउदै उनले पुरानो दलका नेता र बर्तमान सरकारले पनि आम नागरिकको समस्या सामाधान गर्न नसक्ने बताए । उनले बैंक-बितीय तथा मिटर ब्याज पीडितको समस्या ब्याजदर घटाउने बिषयमा बोल्दा आफुलाई १८ पटकसम्म पक्राउ गरेको उल्लेख गरेका थिए । उनले देशभरका ७७ वटै जिल्लामा आफ्नो कार्यालय स्थापना गरेको आगामी केही वर्षमा नै आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे । उनले पार्टीले फागुन-१ गते दमकमा पार्टीको अधिकारीक घोषणा गर्ने बताए । पार्टीका कोशी प्रदेश संयोजक प्रेम थापा मगरको अध्यक्षतामा भएको कार्याक्रममा पार्टीका वार्ता समिति संयोजक राजु आचार्य (अग्नी), कोशी अञ्चल सह–संयोजक मधुकर सिटौला, प्रचार–प्रसार विभाग संयोजक किशोर आचार्य, झापा जिल्ला अध्यक्ष प्रेमबहादुर घिमिरेसहित नगर तथा वडाका पार्टी प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका लुम्बनी संयोजक माधव कल्पितले गरेका थिए । सोही क्रममा विभिन्न पार्टी परित्याग गरी नेपाल पथ पार्टीमा प्रवेश गरेका थिए ।