झापा । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्।

भ्रमणको दोस्रो तथा अन्तिम दिन सोमबार बिहान ११ बजे भारतीय समयअनुसार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षसहित कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँगको संवादबाट नेपालका लागि नयाँ हवाई रुटको विषयमा ठोस प्रगति हुने विश्वास व्यक्त गरेका छन्।

भेटवार्ताका क्रममा दुवै प्रधानमन्त्रीले दिल्लीबाटै तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसपछि दिउँसो १२ः२५ बजे दुई देशबीच समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ।