झापा । झापाको बाह्रदशी-५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राजगढबाट चारपानेतर्फ आउदै गरेको प्र१-०१-०१२प ४६३८ नं. को मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको मधेश प्रदेश ०३-००२ त. १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकआपसमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकौ मृत्यु भएको छ । मृतकको तत्काल नामथर वतन खुल्न सकेकौ छैन ।अन्दाजी बर्ष ३०/३५ का पुरुष ब्यक्तिको घट्नास्थलमा नै मृत्यु भएको हो । धान काट्ने मेसिन गाडी छाडी चालक फरार रहेकोले खोजतलास भईरहेको जनाइएको छ ।





