झापा । नेपाल-भारतको सांस्कृतिक, धार्मिक र पारिवारिक सम्बन्धलाई जोड्ने तथा अझ सशक्त बनाउने सरयु-कमला रेल सेवा संचालन भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूद्वारा संयुक्त रूपमा शुभारम्भ गरिएको अयोध्याधाम- जनकपुरधाम सरयू -कमला एक्सप्रेस रेल सेवा ऐतिहासिक संचालनमा आएको हो ।
भगवान श्रीरामको पावन जन्मभूमि अयोध्या र माता सिताको पावन जन्मभूमि जनकपुरधामलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने यो ऐतिहासिक पहलले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, पारिवारिक तथा जनस्तरको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार, आवागमन सहजता तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनेछ ।
यो केवल दुई धार्मिक सहरलाई जोड्ने रेल सेवा मात्र नभई नेपाल र भारतबीचको साझा सभ्यता, संस्कृति, विश्वास र आत्मीयताको जीवन्त प्रतीक पनि हो।





