काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुससम्बन्धी तीनवटै मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो । जेठ, २०८२ मा अख्तियारले विशेष अदालतमा तीनवटा मुद्दा दायर गरेको थियो, ती मुद्दाहरूमा गरिएको दाबी अनुसार, नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीले ७४ लाख रुपैयाँ घुस खाएका थिए । दुई वटा मुद्दामा अरु आरोपितहरूलाई सफाइ दिएको विशेष अदालतले पूर्वअध्यक्ष अधिकारीलाई भने तीनवटै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

ड्राइभरको खातामा घुस: 

तनहुँमा पेट्रोलपम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । अख्तियारको दाबी अनुसार, त्यसको सुईँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफूले ऋणका लागि निवेदन दिने आवेदकहरूई भेटेर घुस मागेका थिए ।

कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोडको ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा शुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैंया ‘डिपोजिट’ भएको थियो । अनलाईन खबरबाट