झापा । दुबईको उत्तरी इमिरेट्सस्थित  फ्रि जोन र अर्धसरकारी कम्पनीमा जाने नेपालीका लागि नयाँ नियम जारी भएको छ । मागपत्र प्रमाणीकरणपछि भर्ना हुने कामदारहरुको श्रम स्वीकृतिका लागि संस्थागत भिसा प्रमाणीकरण गर्दा महावाणिज्यदूतावासले अनिवार्य रुपमा कागजात पेस गर्न अनुरोध गरेको छ ।महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्ती अनुसार आवेदन फारम, भिसा प्रमाणीकरण पत्रको दुई प्रति प्रतिलिपि र कम्पनीको छाप तथा आधिकारिक व्यक्तिको सही भएको भिसा प्रतिलिपि आवश्यक पर्नेछ । साथै, फ्रि जोन वा अर्धसरकारी कम्पनीबाट उपलब्ध गराइएको अफर लेटर चाहिने छ ।Screenshot_20260729_181813_Facebook रोजगार सम्झौतापत्र पेस गर्नुपर्नेछ । जसमा स्वीकृत मागपत्र अनुसारको आधारभूत तलब उल्लेख भएको गर्नुपर्ने छ । वैदेशिक रोजगार विभागबाट जारी पूर्वस्वीकृति पत्र, स्वीकृत मागपत्र र अधिकारपत्र, फेम्स प्रणालीबाट म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड आवश्यक पर्ने महावाणिज्यदूतावासले जनाएको छ ।कम्पनीका आधिकारिक व्यक्तिको आईडीको प्रतिलिपि वा कागजात बुझ्न र लिनका लागि आधिकारिक पत्र बुझाउनुपर्ने तथा पेस गरिने सम्पूर्ण कागजातका प्रतिलिपिहरू आधिकारिक व्यक्तिबाट स्व–प्रमाणित हुनुपर्ने पनि महावाणिज्यदूतावासले जनाएको छ ।