झापा । झापाको मेचीनगर–१० हिमालय टोलका शिब दाहालको घरबाट लाखौंको गरगहना चोरी भएको छ । कोही नभएको बेला दाहालको कम्पाउण्ड वालबाट घरको छतमाथि चढेर सिढीको ढोका र पश्चिमतर्फको कोठाको ताल्चा फुटाई दराजमा रहेको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
दराजमा रहेका दुई तोलाको सुनको सिक्री ,सुनको पिंजडा ,सुनको कानमा लगाउने टप ,सुनको औंठी ,सुनको तिलहरी ,चाँदीको गरगहना गरी अन्दाजी १२ लाख ६० हजार बराबरको चोरी भएको पीडितले बताएका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर भएपछि प्रहरी नायव निरीक्षक शंकरकुमार खत्रीको कमाण्डमा प्रहरी टोली पुगेको थियो । चोरी गर्ने मानिसको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।






















































