मेचीनगर । २०८२ सालकाे एसईई परीक्षामा ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको छ ।
झापाको मेचीनगरस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले परीक्षामा सहभागीमध्ये ९४ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल उत्कृष्ट शिक्षकहरुलाई बिहीबार कार्यक्रमको आयोजना गरी ४ जिपिए ल्याउने जेनिस भट्टराईसहित विद्यार्थीलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले विद्यालयको पुर्वाधार सुधारमा नमुना हुँदै आएको बिद्यालयले शिक्षाको गुणस्तरमा पनि सुधार हुनु नगरकै गौरवको बिषय बनेको बताए । कार्यक्रममा मेचीनगर-१४ का वडा अध्यक्ष बाबुलाल सुब्बा, वडा सदस्यहरु लालमहमद मिया, दिपक सुबेदी, फुलकुमारी राजबंशी, बिमला सेवा, मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदेन्द्र राजबंशीसहित लगायतले सम्मान गरेका हुन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


















































