पाँचथर । प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्णसिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । 

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकका ३६ बर्षीय आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा अर्का आङदेम्बेलाई पक्राउ गरेको हो ।

आइतवार वर्णसिंह आङदेम्बेको घरमा सामान्य विबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्णसिंह आङदेम्बेलाई छुरीसहित नियन्त्रणमा लिएको थियो । 

कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिशकुमार कर्णसहितको प्रहरी टोली खटिएको थियो ।