काँकरभिट्टा । झापाकै पुरानो सहकारी मेचीनगर-६ काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लिमिटेडको ३६ औँ बार्षिक साधारण सभामा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो ।
संस्थाको हालसम्मको अवस्थाको बारेमा अध्यक्ष राजु दाहालले प्रतिवेदन पेश गरेका थिए ।उनले आगामी दिनमा संस्था मर्ज गरेर लैजानेसमेत बताए ।संस्थाको अचल सम्पति भएपनि पछिल्लो समय शेयर सदस्यहरुको निक्षेप फिर्ता गर्न नसकेर खस्किएको अवस्था रहेको, सोचे जस्तो कारोवार र निक्षेप संकलन गर्न नसकेपछि धीमा गतिमा सदस्यको रकम फिर्ता हुँदै आएको र सदस्यको करिव अझै एक करोड रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका धुलाबारी शाखा प्रमुख प्रेमबहादुर श्रेष्ठ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापा, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटी, समाजसेवी बिना तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले श्रममा सदस्य, सदस्यसँग सहकारी नारासहित विगतदेखि नै औषधिजन्य वनस्पति खेती विस्तार तथा प्रशोधन कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्य जग्गाको खोजी गरिरहेको प्रतिवेदनमा उल्लेख छ । महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष युप्रसाद ओलीले र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।




















































