धुलावारी । झापाको मेचीनगर १०, खयरडाँगीका ५५ वषीएया काजीकुमार कार्की मृत अवस्थामा फेला परेका छन् । धुलावारीस्थित रामघाटको मलामी टहराको सिँडीमा कार्की मृत अवस्थामा फेला परेका हुन् । रामघाटको सिँडीमा कोल्टे अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । के कारणले कार्कीको वेवारिसे अवस्थामा मृत्यु भएको हो भन अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





















































