गौरीगञ्ज । एकै ब्यक्तीको नागरिकता र राहदानीमा उमेर घटबड गरी कागजात बनाएको भन्दै  इलाका प्रसाशन कार्यालय गौरीगञ्जका प्रमुखविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ ।तत्कालिन प्रमुख चुँडामणी आपागाँईसहित १० जना बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनिहरुबिरूध मुद्दा दर्ता गरेको जनाएको छ । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा भएको जन्म मिति भन्दा राहदानीमा उमेर बढाएर बदनियत पुर्वक सरकारी कागजात बनाएको प्रमाणको आधारमा अख्तियारमा उजुरी परेको हो ।

उक्त अनधिकृत रुपमा कागजात बनाएवापत ठुलो रकम लिने गरेको खुलेको थियो । बिबरण हेरफेर थपघट गरि सच्याइ राहदानी जारी गरि गराइ भ्रष्टाचार गरेको अभियोगमा उनिहरु बिरुद्ध मुद्दा दायर गरिएको बिज्ञप्तिमा जनाइएको छ  ।

इलाका प्रसाशन कार्यालय गौरीगञ्जका तत्कालिन प्रमुख चुँडामणि आपागाई तत्कालिन नयब सुब्बा रबिन कुमार राजवँशी तत्कालिन कम्प्युटर अपरेटर आकाश मगर र तत्कालिन कार्यालय सहयोगी जीवनकुमार दाहाल बिरुद्ध मुद्दा दर्ता भएको जनाएको छ ।  त्यस्तै जिल्ला प्रसाशन कार्यालय झापाका तत्कालिन प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशबप्रसाद रिजाल तथा राहदानी बाहकहरु बिनोद कुँवर सिमान्त बिश्वकर्मा, गोबिन्दप्रसाद ढुँगेल र बलराम महतो बिरुद्ध मुद्दा दर्ता गरिएको छ उनिहरु बिरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११  बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरेको छ ।