मेचीनगर । झट्ट हेर्दा पत्याउनै गार्हो हुन्छ, झापा मेचीनगर-७ गोमनसरी की गंगामाया थापालाई । उनको शारीरिक अवस्था र उमेरको आधारमा जो कोहीले पनि बिश्वास नै गर्दैनन् । हेर्ने र देख्नेले पत्याउनै नसकेपनी गंगामाया भाद्र १६ गते १०३ वर्ष पुगेर १०४ मा प्रवेश गरेकी छिन् । उनको नागरिकता र मतदाता परिचयपत्रमा २०७८/५/१५ गते जन्मिएकी गंगामायाको सोमबार चार पुस्ताले धुमधामका साथ जन्मोत्सव मनाएका छन् ।
प्रायः सबै जना ब्यस्त देखिएको थापा परिवारको आँगनमा आफ्ना छोराछोरीदेखि पनाति र जनातिसम्म एकैसाथ केक काटेर जन्मोत्सव मनाइदिएका छन् । केक काट्नुअघी गंगामायालाई वेहुली झैं सिङ्गारिएको थियो । डब्बल आङको शरीर, स्पष्ट बोलीले सबैको ध्यान केन्द्रित गर्ने १०४ पुगेकी गंगामाया आमा र उनकी ७९ वर्षीया छोरी सीताको तुलना गर्दा आमा भन्दा छोरी नै वृद्ध देखिने स्पष्ट थियो । अन्य छोराहरु पनि वृद्ध अवस्थामै पुगेका छन् ।

तर, १०४ कि गंगामायाको बोलिमा शक्ति थियो । गफ गर्दा सुनौंसुनौं लाग्ने, समय बितेको पत्तै नपाइने एक सताब्दी र चार वर्ष पुगेकी गंगामायाको स्वास्थ्योवस्था भने ठिकै रहेको उनका कान्छा छोरा शंकरलालले बताए ।
`आमाको हालसम्म बोली स्पष्ट बुझिन्छ, बायाँ कान कम सुन्नुहुन्छ, र हिड्दा लट्ठीको सहायता चाहिन्छ, केहिदिन अघि शौचालयमा बस्ने क्रममा लड्नुभयो, त्यसपछि केहीवेर सोचेरमात्रै बोल्नुहुन्छ ।´
गंगामायाले सञ्चारकर्मीसँग आफ्नो बाल्यकालदेखि सन्तानको स्याहारसुसारका लागि गरेका दुख र पहाडी क्षेत्रमा गरेको संघर्ष तथा आरोहअवरोह सुनाएकी थिइन् । त्यसवेला खोटाङ दिप्रीका गाउँ राई-लिम्बू समुदायको बाहुल्य ठाउँ थियोे । त्यहाँ छिटफुट रुपमा बसोबास गर्ने क्षेत्रीबाहुँनलाई उक्त समुदायले हेप्ने गरेकाे समेत उनले सुनाइन् ।
बाल्यकालदेखि नै हक्की स्वभाव भएकाले अराजक गतिविधि गरेका राई समुदायका एक ब्यक्तीलाई गंगामायाले ठिक पारेको उनले सुनाइन् । तराईमा बसाइँ आउँदा गोठमा भएको दुई माउ भैंसी ८० रुपैयाँ गोटाले बेचेकोदेखि अन्य ब्यवहारिक कुरा ताजै छ गंगामायालाई ।
बाल्यकालदेखि नै हक्की स्वभाव भएकाले अराजक गतिविधि गरेका राई समुदायका एक ब्यक्तीलाई गंगामायाले ठिक पारेको उनले सुनाइन् । तराईमा बसाइँ आउँदा गोठमा भएको दुई माउ भैंसी ८० रुपैयाँ गोटाले बेचेकोदेखि अन्य ब्यवहारिक कुरा ताजै छ गंगामायालाई ।हाल गंगामायासँग कान्छा छोरा-बुहारी छन् । तीन भाइ छोरा, ४ बहिनी छोरी गरी ८ जना सन्तानको धनी गंगामाया श्रीमान् र माइली छोरी भने केहिसमय अघि बितिसकेका छन् । छोरा र छोरीका ५२ जना नाति-नातिनीसहित १३५ जना पनातीना रहेका छन् । ती सबैजनाले बुढीहजुरआमा, हजुरआमा र आमालाई फुलको माला, टीका लगाइदिएर गुच्छा अर्पण गरेका थिए ।

खोटाङ दिप्रीका भन्ने ठाउँबाट ७ जना सन्तान लिएर झापाको मेचीनगर-७ गोमनसरीमा बिस २०२७ सालमा बसाइँसरी आएका हुन् । हाल जेठा, माइला, साईला र कान्छा छोराहरु क्रमशः शेरबहादुर, बुद्धिबहादुर, पदमबहादुर, शंकरलाल र छोरी सीता, चन्द्रमाया र पार्वता एक सताब्दी पार गरेकी गंगामायाको स्याहार सुसारमा रहेका छन् ।





















































