बिर्तामोड । झापामा एक महिलाले अर्को एक महिलालाई रकम ठगी गरेको आरोपमा बिर्तामोड-५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं-७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।
बिर्तामोड-५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५०रुपैयाँको विगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कार्वाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।





















































