चारआली । झापाको मेचीनगर–१२ सहरेडाँगीमा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना अपरिचित व्यक्तिको मृत्यु भएको छ । 

आइतबार साँझ मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो । पानी परेको समय र तीव्र गतिका कारण सवारीको नम्बर पहिचान नभएको स्थानीयको भनाई छ । 

ठक्करबाट गम्भीर घाइते भएका नाम थर वतन नखुलेका अन्दाजी बर्ष ४५–४६ को पुरुषलाई उपचारको लागि स्थानीयले बिर्तामोडस्थिल बीएण्डसी अस्पताल पुर्याए पनि  अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालतमा रहेको छ। ठक्कर दिने सवारी साधन फरार रहेकोले खोजतलास भइरहेको ट्राफिक प्रहरी पोष्ट चारआलीका इञ्चार्ज आशिस कट्टेलले जानकारी दिए । मृतक पुरुषले कालो जुत्ता कालो टाउजर, निलो भेष्ट पोषक लगाएको र उनको साथमा पहिचान खुल्ने कुनै आधार फेला नपरेको प्रहरीको भनाई छ ।