अर्जुनधारा । झापाको अर्जुनधारा सडक खण्डबाट गैरकानुनी ढंगले ओसारपसार गर्ने क्रममा सालको काठ बोकेको पिकअपसहित चालकलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ ।
शनिबार अर्जुनधारा-१ स्थित मदनपुरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प खुदुनाबारीबाट खटिएको गस्ती टोलीले चिरानको काठ बोकेको पिक अप र चालक अर्जुनधारा-२ बस्ने ५० वर्षीय विक्रम ढुङ्गानालाई नियन्त्रणमा लिईएको हो ।
खुदुनावारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १ ज ११६५ नं. को पिकअप गाडी चेकजाँच गर्ने क्रममा ३८ क्यु फिट साल जातको बिना बिलको चिरान काठ बरामद भएको थियो ।
करिब १ लाख ६ हजार ४०० मूल्यको काठ र ८ लाख मूल्यको सवारी साधन गरी ९ लाख ६ हजार ४०० बराबरको काठ, पिकअप तथा बुझाएको जनाइएको छ ।





















































