झापा । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ ।

पक्राउ परेका चर्चित फरार प्रतिवादीहरूमा भद्रपुर–८ का ४८ वर्षीय खेमराज पोखरेल रहेका छन् । उनलाई सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो । यस्तै, मेचीनगर–७ का ३२ वर्षीय प्रदीप राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासले जबर्जस्ती करणी र चोरीका घटना बढेको जनाएको छ।