झापा । झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा १२ लाखबढीको क्षति भएको छ । अर्जुनधारा- ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो टिनको छानो, टिनको घेराबारा भएको खड्का फर्निचर उद्योगमा गयराति विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षती भएको हो । आगलागीबाट फर्निचरमा रहेको काठ काट्ने र चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कमा जानकारी प्राप्त हुनासाथ खटिएका प्रहरी,बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





