चारआली । झापाको चारआलीस्थित नेपाल आयल निगमबाट निश्काशित गरिएका कर्मचारीहरुको पुनर्वहालीको माग राख्दै कर्मचारी आन्दोलित बनेका छन् ।
शनिबार निगम कार्यालय परिषरमै पुगेर आफुहरुलाई बिना कारण निश्काशन गरेकाले पुनर्वहाली नभएसम्म आन्दोलन भएका हुन् । सुरुमा शान्तिपूर्ण र आवश्यक परे तालाबन्दीसमेत गर्ने निश्काशित गरिएका पीडित कर्मचारीको भनाई छ ।
`निश्काशन गरिएका कर्मचारीलाई पुनर्वहाली गर,`श्रमजीवी वर्गको रोजिरोटीको सुनिश्चित गर,`कार्यालय प्रमुख  गीता सापकोटा फिर्ता जा´ लगायतका नारा लगाएका थिए ।
४ महिनासम्म हेर्यौ, हामीले सम्बन्धित निकायमा पनि निवेदन गरेका छौं । सम्बन्धित निकायले पुनर्वहाली गर्ने निर्देशन दिइँदा समेत कार्यालय प्रमुखले अटेर गर्दै पुनर्वहाली नगरेको पीडितको भनाई छ ।
सम्बन्धित निकायले ‘निगमको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले समेत पुनर्बहाली गर्न निर्देशन दिएको थियो । श्रम कार्यालयले डिपोको नाममा पत्र लेखी हटाइएका सबै कर्मचारीलाई पुनर्बहाली गर्न निर्देशन दिएको थियो । तर, प्रमुख सापकोटाले अटेर गर्दै पुनर्बहाली नगरेको कर्मचारीको भनाई छ ।
हटाइएका कर्मचारीमा अमोद भट्टराई, चन्द्रकान्तलाल दास, शान्ता पोखरेल, गोविन्द पाठक र अस्मिता विक छन् । कर्मचारीमध्ये पाठक अबिवाहित हुन्  । उनी वैदेशिक रोजगारका लागि ३ पटकसम्म असफल नभएपछि ६ वर्ष यता निगममा कार्यालय सहयोगी काममा लागेका थिए ।
अर्का पीडित कर्मचारी भट्टराईको दुःखेसो पनि उस्तै छ ।  बालबच्चाको पठनपाठनसहित अभिभावकत्व प्रदान गर्दै आएका छन् । ६ वर्षदेखि डिपोमा काम गर्दै आएकी शान्ता पोखरेल डिपो प्रमुखले बिनाकारण आफूखुसी कामबाट निकाल्दा अन्यायमा परेको गुनासो पोखिन् । तीन वर्षदेखि अस्मिता विक र १५ वर्षसम्म चन्द्रकान्तलाल दास काम गरे । उनले कार्यालय प्रमुखहरु धेरैलाई रुन्छे अनुहारमा बिदा गरेका थिए । अहिले किन र के कारणले एक्कसी निश्कासन गरियो अचम्मित परेको छु ।
बिना कारण भएकाले कर्मचारीले आन्दोलन नै गरेभने स्थानीय सरकारले समर्थन जनाउने मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।
उनले कर्मचारीसहित पुगेको टोलीले बिना कारण माथिको आदेश भन्दै कर्मचारीको निश्काशनले कार्यालय प्रमुखको कार्यशैली राम्रो नभएको भन्दै पुनर्वहालीको माग राखेका थिए ।
उनले कर्मचारी माग र निश्काशन गर्न लोकतान्त्रिक बिधि प्रकृया हुँदाहुदै प्रमुखले आफुखुसी मनोमानी ढंगबाट ३ देखि १५ वर्षसम्म कार्यरत रहेका कर्मचारीलाई तत्काल पुनर्वहाली गर्न  चेतावनी दिएका थिए ।
निगम प्रमुखले एक्कसी नआउन भन्दै निश्काशन गरेपछि आफुहरु पीडित बनेको भन्दै वडा कार्यालय, नगरपालिकाको न्यायीक समिति र श्रम तथा रोजगार कार्यालय, नेपाल आयल निगमको केन्द्रीय तथा प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय झापामा समेत उजुरी हालेका छन् ।
सोहि निवेदनको आधारमा मेचीनगरको न्यायीक समिति संयोजक उपमेयर मिना पोख्रेल उप्रेती र वडाध्यक्ष सिग्देल गत बिहीबार निगम प्रमुख सापकोटासँग छलफल गरेका थिए । छलफलमा न्यायिक संयोजक उप्रेती र वडाध्यक्ष सिग्देलसामु माथिकै निर्देशनपछि निश्काशित गरेको भन्दै पुनर्वहाली गर्न एक पटक कोसिस गर्ने प्रमुख सापकोटाले प्रतिबद्धता जाहेर गरेको अध्यक्ष सिग्देलले बताए ।
दुई दिन बितिसक्दा पनि पुनर्वहालीको प्रयास नगरेको पाएपछी पीडितसँगै आन्दोलनमा सरिक भएको हुँ,अध्यक्ष सिग्देलले भने,`दैनिक ज्यालादारीलाई करार वा सो सरहको भुमिका दिईदै काममा लगाएको पाइयो । ज्यालादारी कर्मचारीलाई कसरी ३ वर्षदेखि १५ वर्षसम्म नियमित काम लगाइन्छ ? कागजी रुप ज्यालादारी भनिएपनि उनिहरुलाई केही समयअघि नै सूचित गराएर मात्रै बिदा गर्ने सकिने विकल्प पनि छन् । त्यतिको आधार  हुँदाहुदै कार्यालय प्रमुखले सनकको भरमा निश्काशन गरेकोमा खेद र आपत्ति जनाएको छु ।´
`माथिको आदेश भन्दै यसरी मनपरी ढंगले कर्मचारी कटौती गर्ने हो र स्थानीय सरकारको भनाई नसुन्ने हो भने मेचीनगर-१३ नम्बरमा निगमको कार्यालय बसेको अर्थ हुँदैन ।´
सरणदास भट्टराईको सरुवा भएपछि गत भदौ ५ गते प्रमुख भएर सापकोटा आएकी थिइन् । चार महिनापछि पुर्वजानकारी बिनै पुस २९ गते आजदेखि नआउनु भन्दै निश्काशन गरेकी थिइन् ।
गत २०८१ पुस २९ गते कार्यालय प्रमुखले गीता सापकोटाले कर्मचारीमध्ये ९ जना कार्यालयमा नआउन भन्दै निश्काशन गरेकी थिइन् । निश्काशन गरिएकामध्ये सरसफाईका ४ जना कर्मचारीलाई अलगअलग मितिमा एकएक जनालाई पुनर्वहाली गरेको बताइएको छ ।